कुनै दबावमा नरही काम गर्नेः प्रधानमन्त्री प्रचण्ड


पौष २५, काठमाण्डौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु कुनै घेराबन्दी र दबावमा नपरी काम गर्ने बताएका छन् । सता साझेदार दलहरुको न्युनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले बताएका हुन् । हाम्रो सिस्टम, संबिधान अनुसार प्रधानमन्त्री प्रधानमन्त्री नै हुने बताए । कसैको दवाव, घेरा, प्रभावमा प्रधानमन्त्री रहने कुरा संबिधान, ऐन, कानुन र मान्यताले छुट नदिएको बताए । प्रधानमन्त्री निरीह रहेर काम गर्ने संबिधानले परिकल्पना नगर्ने बताए । न्युनतम साझा कार्यक्रम सरकारको दिशानिर्देश रहेको बताएका छन् ।

 

 

Published On: Time : 19:13:32

तपाईको प्रतिक्रिया