२४ पुस, विराटनगर ।
प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज साँझ ५ बजेबाट सकिँदैछ ।
पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्याएर सात दिन भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
सतारुढ गठबन्धनको भागबण्डा मीली नसकेकोले ढीलाई भएको र आज शिर्ष नेताहरुबीच छलफल भई टुंगो लाग्ने हुँदा आज सतारुढ दलहरुबाट दावी पेश हुन गइरहेको हो ।
मुख्यमन्त्रीको लागी सतारुढ दल एमाले र माओवादी दुबैको दावी रहदै आएको छ ।