पौष २३, काठमाण्डौं
नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेस पौष २६ गते अगाडी नै सरकार ढाल्न विभिन्न दलका नेतालाई प्रधानमन्त्रीको अफर गरीरहेको छन् भन्नुभएको छ । एमालेको संसदीय विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै भन्नुभयो शेर बहादुर देउवाको वि विल कम ब्याक भनाईको अर्थ सरकार ढाल्ने आशय हो भन्ने कुरा व्यक्त गरेका छन्
‘पुस २६ गते सबै साथीहरु कुनै इफ बट हुँदैन । भनेको समयमा संसदमा एक मिनेट ढिला नगर्नुहोला’, ओलीको भनाइ छ । उनले सरकारलाई विश्वासको मत दिएर सफल पार्नुपर्ने भन्दै वर्तमान सरकार नेपालीले बनाएको बताए । ‘सरकारलाई विश्वासको मत दिने काम गर्नुपर्छ । यो नेपालीहरुले बनाएको सरकार हो । यसलाई सफल सरकार बनाउन चाहान्छौ हामी । यसले सहि नीति लिओस्, भ्रष्टाचार नसहोस्, सक्रियतापूर्वक अघि बढोस् । हामी यो चाहान्छौ । त्यसैले यसलाई बहुमत दिएर हामीले पुष्टि गर्नुपर्छ’, ओलीको भनाइ छ । उनले यो सरकारलाई पुस २६ अघि नै ढाल्न कांग्रेस लागि परेको पनि बताए ।