पौष २३, काठमाण्डौ
नेकपा (माओवादी) केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्ने भएको छ । माओवादी नेताका अनुसार उक्त बैठकमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सँग नेकपा (माओवादी)केन्द्रको पार्टी एकता हुने सहमति पश्चात यो बैठक बस्न लागेको हो । बैठकमा नयाँ मन्त्री, सरकारका कामकारबाही र बाबुराम भट्टराई नेतृत्वको पार्टी सँग एकताको सवालमा उपलब्ध पदाधिकारी बीचमा छलफल हुने बुझिएको छ ।