प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश

१३ पुस, काठमाडौं ।

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए । बालुवाटारको साँचो छोरीले बुझेकी छीन् ।

 

Published On: Time : 21:23:13

तपाईको प्रतिक्रिया