पौष ११, काठमाण्डौ
नेपाल सरकारको ४४ औ प्रधानमन्त्रीको रुपमा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ः०० बजे राष्ट्रपति निवास शितल निवासमा एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । आजै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पदभार समेत ग्रहण गरेका छन् ।
त्यसैगरी अन्यमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीमा बिष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजि श्रेष्ठ (प्रकाश), उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा रवी लामीछाने, बिना बिभागीय मन्त्रीहरुमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको पद तथा गोपनीयताको शपथ कार्यक्रम सम्पन्न भएको छ भने जिम्मेवारी पाएका विभागीय मन्त्रालयमा पुगेर बहाली गरी सकेका छन् । सरकारको प्रवक्तामा हाललाई रवी लामीछाने रहेका छन् ।