नेकपा (माओवादीे केन्द्र) को पदाधिकारी बैठक पेरीसडाँडामा बस्ने


पौष ३, काठमाण्डौं

नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ ।माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए ।
माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

Published On: Time : 9:43:31

तपाईको प्रतिक्रिया