जेल भित्रैबाट सन्दीपले गरे यस्तो घोषणा, रुँदै फर्किए बयान लिन गएका वकिल

पौष २, काठमाण्डौ

क्रिकेटर सन्दिप लामिछानेले आफुलाई षडयन्त्रपूर्वक फसाइएको र कुनै आग्रह पूर्वाग्रह विना निष्पक्ष ढगंले छानविन हुनुपर्ने बताएका छन् । उनको तर्फबाट वकालत गर्न लागेको वकिल सरोज कृष्ण घिमिरे सँग गौशाला प्रहरी वृत्तको हिरासतमा भेटघाटका क्रममा आखाँमा आशु बगाउँदै यस्तो आग्रह गरेको उनले बताएका छन् ।

सन्दिप लामिछानेले पटकपटक आफु निर्दोष रहेको र एकदिन सत्यको जित हुने निश्चित भएकाले आफु नेपाल आएर आत्मसमर्पण गरेको पनि बताउँदै आएका छन् । उनलाई षडयन्त्रपूर्वक नाबालिका मात्र नभइ अन्य ब्यक्तिहरुको पनि यसमा संलग्नता हुनसक्ने र निष्पक्ष छानविन भएमा अबश्य बाहिर आउनेमा आशावादी समेत रहेको बताए ।

आफु हत्तपत्त कुनै पनि मुद्धामा नलड्ने भएकाले गहिरो रिसर्च गरेर सन्दिपको पक्षमा मुद्धा लड्न आएको र सन्दिप निर्दोष सावित हुनेमा आफु शतप्रतिशत आशावादी रहेको सरोज कृष्ण घिमिरेले जानकारी दिए ।

Published On: Time : 11:05:08

तपाईको प्रतिक्रिया