विश्वकपको रौनक सङ्गै सुरु भयो भकुन्डो ब्याटल फेस्ट

मंसिर, काठमाण्डौं ।

विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै भकुन्डो ब्याटल फेस्ट कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् ।

आर एन एस कृयसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना, मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन् । प्रतियोगी मेक (अर्जेन्टिना), भोइड (पेले), रमन (मेरेडोना), सेभेक (ब्राजिल) भएर स्टेजमा देखिने छन् ।

भकुन्डो ब्याटल फेस्ट को पहिलो एपिसोड सार्वजनिक भइसकेको छ जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् । दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो, दोस्रो र तेस्रो हुनेछन् । र्यापरहरुलाई भोट गर्नका लागि दर्शकले अनलाइन एप दामी म्युजिकमा इ(सेवा), आइएमिपे बाट भोट गर्न सक्नेछन् । विजेता हुने प्रतियोगीले रु २५००० पाउने छन् भने सहभागीले रु १०००० पाउने छन् । कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिन अगाडि हुने छ । दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीबाट हेर्न सक्ने छन् । साथै अडियो मात्र सुन्न चाहने दर्शकको लागि दामी म्युजिक एप र आइ ट्युन पनि रहेको छ ।

Published On: Time : 19:53:53

तपाईको प्रतिक्रिया