फुङलीङ नगरपालिका, वडा नं. ४, ताप्लेजुङलाई नयाँ रुप दिएका छौंः वडाअध्यक्ष, जीतेन चेम्जोङ लिम्बु

माघ २०७८, ताप्लेजुङ
जीतेन चेम्जोङ लिम्बु, फुङलीङ नगरपालिका, वडा नं. ४, ताप्लेजुङ का वडाअध्यक्ष हुनुहुन्छ । वहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित युवा जनप्रतिनिधी असाध्यै सिर्जनशिल र क्रियाशिल का साथै ताप्लेजुङका युवाहरुबिच रोलमोडल हुनुहुन्छ । धेरै संभावना बोकेका युवा जनप्रतिनिधी पेशाले निर्माण व्यवसायी हुनुहुन्छ । युवा जनप्रतिनिधीको रुपमा आफ्नो नगरपालिका र निर्वाचन क्षेत्रको विकास निर्माण, जनसेवा र सामाजिक सांस्कृतिक विकासमा अहोरात्र खटीरहनुभएकाले वहाँसँग टुडीखेल डट कमले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

नेपालको संघिय लोकतान्त्रीक गणतन्त्रमा राज्यको पुनःसंरचना हुँदा स्थानीय तह शक्तिशाली बनीए पछी भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाअध्यक्ष भए पछि के कस्ता मुख्य रुपमा विकास निर्माण र जनसेवाका कार्यहरु गर्नु भयो ?
फुङलीङ नगरपालिका र यहाँको वडा नं. ४ बाट निर्वाचित भईसके पछि विहंगम दृष्टिकोणबाट नगर र वडावासीहरुको हीत र विकासलाई केन्द्रमा राखेर हामीले पुर्वाधार विकास निर्माण, सामाजिक सांस्कृतिक समृद्धि, शिक्षा र स्वास्थ्यमा विकास, पर्यटन र बजारीकरणको व्यबस्थीत कार्य गर्ने सोचका साथ अगाडी बढीएको छ । वडापालिकाको कार्यलाई व्यबस्थीत गर्न वडा कार्यलयको भवन निर्माण मुख्य उपलब्धीको रुपमा रहेको छ । फुङलीङ बजार मुख्य रुपमा यही वडा नं. ४ पनि रहेकोले बजारलाई आधुनिक विकासमा लैजान मेरो कार्यकालमा अहिलेसम्म सडक ढलान १ कीलोमिटर भएको छ । १.५ कीलोमिटर सडक कालोपत्रे हुदैछ । सडकको नाली ३ कीलोमिटर बनीसकेको छ । बसपार्क कंक्रीट बन्दैछ । बिजुलिको आल्मुनियम तार बिस्थापित गरी प्लाष्टिक केबल एभीसी जडान गरीएको छ जसबाट नगरबासी सधै आगोलागीको खतराबाट भयभीत रहेकोमा मुक्ति मिलेको छ । नगरभीत्र केही फुसका छाना भएका घर थीए तीनलाई विस्थापित गरी जस्ताको छाना लगाईएको छ । नगर भित्रको खानेपानी सर्बसुलभ रुपमा मर्मत संभार गरी स्वच्छ पानी वितरण कार्य भएको छ । त्यसैगरी वडा भित्रका ढुंगेधाराहरुमा सौर्य बत्ति जडान गरीएको छ । अप्ठ्यारा ठाउँ र कुनाकुना सडक गल्लीमा बाटोमा समेत सौर्य बत्ति जडान गरीएको छ ।

फुङलीङ नगरपालिका वडा नं. ४ वासीका शिक्षा, स्वास्थ्य, पर्यटन र सुचना संचार क्षेत्रमा के कस्ता कामहरु गर्दै हुनुहुन्छ ?
हाम्रो नगरपालिका स्वभाविक रुपमा दुर्गम नगरपालिका हो । जनताका चाहना र आकांक्षाहरु थुप्रै छन् । हामी जनप्रतिनिधिको हैसीयतले अधिकतम रुपमा वहाँहरुको भावनालाई सम्बोधन गर्ने कोशीश गरीआएका छौं । हाम्रो वडा भित्र ताप्लेजुङकै ठुला शैक्षिक संस्था पाथीभरा क्याम्पस र भानुजन मा.वी. रहेका छन् । यी संस्थाका स्तरोन्नती गर्न हामीले सहकार्य गर्दै आएका छौं । यसमा हयुमन प्राक्टीस फाउण्डेशन भन्ने गैरसरकारी संस्था पनि हामी सँग सहकार्यमा रहेको छ । भानु जन मा.वी. लाई स्यानीटरी प्याड राख्ने मेशीन जडान गर्न सहयोग हुदैछ । यसले विद्यार्थीका स्वास्थ्यमा सहयोग पुग्नेछ । यहाँ थुप्रै निजी विद्यालय बोर्डीङ स्कुल रहेका छन् जसले शैक्षिक जगतमा टेवा दिईराखेका छन् । उक्त क्षेत्रले वडाको सर्वाङगीण शैक्षिक विकासमा खेलेको भुमीका पनि यहाँ महत्वपुर्ण छ । त्यसैगरी यहाँ वडा स्वास्थ्य कार्यालय स्थापना गरेका छौं जहाँबाट आधारभुत जनस्वास्थ्यको सेवा प्रवाह हुदैछ । हप्ताको प्रत्येक मंगलबार आजभोली कोरोना विरुद्धको खोप वितरण गरीरहेका छौं । साथै नियमीत अन्य जनस्वास्थ्यका खोपहरु यसै वडा स्वास्थ्य कार्यलयबाट नियमीत वितरण भईराखेको छ । यसैगरी फुङलीङ नगरपालिका वडा नंं. ४ को घरधुरी सर्वेक्षण गरी डीजिटल सुचना प्रतिवेदन अद्यावधिक छ । तुरुन्तै डाटा वा चाहेको सुचना उपलब्ध छ । हिजो कुनै एनजिओको निर्भर हुनुपर्ने अवश्था थीयो । इन्टरनेटको उपलब्धता वडामा व्यबस्थीत छ । सामाजिक सुरक्षा कार्यक्रम बैंकीङ प्रणालीमा विकास गरी सकीएको छ । यो आफैमा विकासको छलाङ हो । पर्यटन क्षेत्रको विकासलाई हेर्दा हामीले होटल व्यबसायीहरुलाई प्रोत्साहन गरीराखेका छौं । शहीद पार्क बनाउन डीपीआर बनाईसकेका छौं ।

फुङलीङको वडा नं. ४ क्षेत्र ताप्लेजुङ जिल्लाकै व्यापारीक केन्द्र पनि हो, यो जिल्लाको सदरमुकाम पनि पर्दछ, बजारीकरणलाई आधुनिक शैलिमा विकास गर्न तपाईले के कस्तो कार्य र भुमीका गर्नु भयो ?

अहीले मुख्यरुपमा नगरलाई सफा, सुन्दर र आकर्षक बनावटमा लैजान हामीले कुनैपनि पुर्वाधार निर्माण, बाटोघाटोको मापदण्ड निर्माण गरी कार्यन्वयनमा लैजान सफल भएका छौं । यसले व्यबस्थीत शहरबजार निर्माण हुनमा महत्वपुर्ण कार्य गर्दछ । जो काम पहिले भएको थीएन । त्यसैगरी बजार भित्रका उद्योगी, व्यबसायी, व्यापारीहरुलाई प्रोत्साहन गर्ने, वडा कार्यलय अथवा स्थानीय सरकार सँग आवद्धता गराई सहकार्य गर्ने गराउने काम गरीरहेका छौं । हामीले हाट बजार लाई व्यबस्थीत गर्ने, व्यापार र किनमेलको स्वस्थ वातावरण निर्माण गर्न हामी सधैं तत्पर छौं । अहिले फुङलिङ बजारलाई सफा, स्वस्थ र हराभरा बनाउन हामी अभीयानमै छौं ।

आगामी कार्ययोजनाहरु के कस्ता रहेका छन् ? फुङलिङवासी ले तपाई सँग भावी दिनका अपेक्षाका लागी के के विकासका बाटोहरु देख्नुभएको छ ?
फुङलिङ नगरपालिका वडा नं. ४ को सर्वाङगीण विकासको लागी हामीले २० वर्षे आवधिक गुरुयोजना बनाई पारीत गरेका छौं । यो गुरुयोजना निर्माण गर्नमा नगरका अग्रज बुद्धीजिवी, विकासवीद्, परामर्शदाताका साथै स्थानीय जनताका प्रत्यक्ष परोक्ष माग, बहस, छलफलको माध्यमबाट पुर्वाधार विकास, सडक, भवन, ढल, खानेपानी, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्रको विकास निर्माणबारे प्रष्ट खाका तयार गरेका छौं । मानव विकास सुचकांकमै वृद्धि हुने हिसाबले यसलाई व्यबस्थीत गरीएको छ । आगामी २० वर्ष सम्ममा यो नगरलाई भव्यरुपमा शानदार नगर बनाउने लक्ष हो । यसले कलेजहरु कसरी व्यबस्थीत गर्ने, अस्पतालहरु कसरी विकास गर्ने, रोजगारी सृजना गर्ने, उद्योग कलकारखानाहरु प्रोत्साहन गर्ने, व्यबसायी र लगानीकर्ताहरुलाई संरक्षण र संबद्र्धन गर्ने, मजदुर र श्रमीकको हीतलाई ध्यान दिने बारेमा बृहत योजना राख्दछ । साना ठुला सबै व्यापारी, व्यबसायीका हीतमा बोल्दछ । महीला, बालबालीका, अपांग, ज्येष्ठ नागरीक, सामाजिकरुपमा सिमान्तकृत र दलित शिल्पीका बिहंगम हीतको बारेमा कार्ययोजनाले बोल्दछ । खेलकुद, साहित्य, कला, सीप, संस्कृति, वडाका विद्वत प्राज्ञहरु, गीत संगीत, ज्ञान विज्ञान र आविष्कारका साथै विभीन्न भाषाभाषिको संरक्षण, विकास र प्रोत्साहनबारेमा समेत आकांक्षा राख्दछ । कृषि उपज तरकारी फलफुल उत्पादनलाई नगर आत्म निर्भर बनाउनका लागी ठोस बाटोको लक्ष राख्दछ । फुङलिङ नगरपालिका भित्र पाथीभरा तिर्थस्थल प्रमुख धार्मीक पर्यटन हुने गरेको साथै आन्तरीक पर्यटन प्रबद्र्धन गर्न चरणबद्ध योजनाहरु तर्जुमा गरी कार्य गर्दै जानु पर्दछ ।

अध्यक्ष ज्यु, यतीका व्यापक कार्यक्रम सम्पन्न गर्नुभयो, आगामी २० वर्ष भित्र फुङलिङ नगरपालिका र वडा नं. ४ को विकास र समृद्धिको लागी बृहत कार्ययोजना तय गर्नुभयो जसबाट स्वभाविक फुङलिङको विकास हुन्छ, साथसाथै देशविकासकै एउटा प्रारुप हो । यी सबै गर्न शुरु गर्दा अथवा चुनाव जितेर जनप्रतिनिधी भए पछी कस्तो महसुस गर्नुभयो ?

निर्वाचन जितेर आई सके पछी आफु अन्यौलमा रहेको महसुस भयो । कसरी काम गर्ने, कहाँ गर्ने जबकी वडा कार्यालय नै छैन । शुरुका दिनमा कार्य सम्पादन गर्न व्यबस्थीत कार्यबिधी सबै नभएको कतिपय बिधीहरु पछी बाट नगरसभाले पारीत गरेर आयो । त्यसपछी बिस्तारै कामको बाटो शुरु भयो । गर्दै जादा आज हामी सँग व्यबस्थीत वडा कार्यालय छ, सबै इन्टरनेट सुबिधासम्पन्न छ । हामीले शुरुमा जिल्ला प्रशासन कार्यालयको खाली रहेको भवनमा बसेर काम गरेका थीयौ । जसमा वहाँहरुलाई सहमत गराउन सफल भयौं र अफीस भाडा समेत बचाउन सफल भयौं । आज सबै वडाबासीको साथ सहयोग र सद्भाव पाएका र्छौ । ज्ञान र विवेकले भ्याए सम्म वडावासी सेवा र विकास निर्माणमा लागी परेका छौं । जनताले विश्वाश गरेर विजयी गराएर जिम्मेवारी सुम्पे पछी जनसेवा गर्न पाउँदा खुशी लागेको छ । आफ्नो नगरबासी सँग गौरब महसुस गर्दछौं । साथै जिम्मेवारी दिएर पठाउने आफ्नो पार्टी नेकपामाओवादी केन्द्र सँग पनि आभारी छु ।

Published On: Time : 20:49:11

तपाईको प्रतिक्रिया