वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्नेः शेरबहादुर देउवा

४ कात्तिक, बुटवल ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताएका छन् ।
सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता, समावेशीता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताए ।

‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भने, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’
देउवाले थप भन्दै नेपाली जनता सँग राज्यव्यबस्था रक्षा गर्न गठबन्धनलाई विजय गराउनको बिकल्प नरहेको जिकीर गर्नुभयो ।

टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन दिए ।

 

Published On: Time : 19:44:51

तपाईको प्रतिक्रिया