काठमाडौं ।
कांग्रेसमा शेखर कोइराला समूहले समानुपातिक सूचीमा ३५ प्रतिशत आफूहरु पक्षका नेताहरु समावेश भएको दाबी गरेका छन् ।

११० जनाको नाम बुझाउँदा यसअघि ४४ जना आफूहरुका हुनुपर्ने अडान राखेका थिए ।
तर अहिले बुझाउँदा अन्तिम नामावलीमा कम्तिमा पनि ३५ प्रतिशत रहेको दाबी उनीहरुको छ । एक नेताका अनुसार त्यसमा पनि १२–१३ जनाको नाम अघि नै राखिएको छ ।