काठमाडौं ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली राजनीति दुई ध्रुवीकरणमा गएको बताएका छन् ।

शुक्रबार दसैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताए । देश बनाउने सपनाको नेतृत्व एमालेले गरेको उनको दाबी छ ।
आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन पोखरेलले आग्रह गरे । उनले गठबन्धन सरकारको कुनै गन्तव्य र उदेश्य नरहेको बताए ।
गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै उनले आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनबाट एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सक्ने दाबी गरे ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने अवस्थामा रहेको बताए । कुनै पनि नेता र पार्टीका बारेमा सोलोडोलो निष्कर्षमा नपुग्न पनि नेता कार्यकर्तालाई उनको सुझाव छ ।