राष्ट्रपतिलाई कारण देखाउ आदेश जारी

काठमाण्डौ, असोज ९ ।
सर्वोच्च अदालतले हालै नागरीकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्घ कारण देखाउ आदेश जारी गरेको छ । संसदीय शासन प्रणालीको लोकतान्त्रीक मुल्य मान्यता अनुरुप जनताको शासन प्रत्याभुति गर्ने व्यबस्था संबैधानिक व्यबस्थाको आधारमा प्रतिनिधी सभा र राष्ट्रिय सभा नेपालमा बनेकोमा उक्त सभाले पारीत गरेको नागरीकता विधेयक प्रमाणीकरण नगर्ने कदम विरुद्द उक्त आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायधिश हरीप्रसाद फुयालको एकल इजलासले १५ दिन भित्र राष्ट्रपति कार्यालयलाई नागरीकता विधेयक प्रमाणीकरण नगर्नुका कारण देखाउन आदेश जारी गरेको हो । सर्वोच्च अदालतमा यस सम्बन्धी ५ वटा रीट परेका थीए ।

Published On: Time : 17:35:45

तपाईको प्रतिक्रिया