एनआईसी एशिया बैैकको नयाँ रेमिटेन्स योजना सार्बजनिक

काठमाडौं।
बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना एन आई सी एशिया बैंकले हालै सार्वजनिक गरेको छ।

बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरेको छ। बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ।

यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत् बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप रू. ३०० प्रदान गर्ने व्यवस्था गरेको छ। बैंक मुलुकभर रहेका ३ सय ५९ शाखा कार्यालयहरू, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।

Published On: Time : 21:57:57

तपाईको प्रतिक्रिया