असोज १, काठमाण्डौ
समाजसेवी कृष्णदेव यादव सर्लाही क्षेत्र नं. २ बाट मधेश प्रदेश सभामा प्रत्यक्ष तर्फका उम्मेद्वार नेपाली कांग्रेसबाट हुने भए पछी निर्वाचन क्षेत्रका कार्यकर्ता र जनताबीचमा उत्साह पैदा भएको छ । नेपाली राजनीतिमा जिवनको लामो समय अनुभव र योगदान संगालेका यादव राजनीतिक विश्लेषण, जनसेवा, भुगोलको विकास निर्माण, जनआवश्यकताका सवालमा उचित बजेट व्यबस्थापन, जनसम्पर्क जस्ता सवालमा निकै पोख्त र निपुण भएकाले निर्वाचन क्षेत्रका जनता बीच लोकप्रीय भएका हुन् । साथै वहाँको ३५ वर्ष नेपालको प्रशासनीक सेवाको अनुभव सँगै विभिन्न निकायमा कार्यकारी निर्देशक, मन्त्रीका सल्लाहकार र निजी सचिवका कार्यभार सम्हाली सकेकाले पनि कार्य प्रभावकारीतामा अब्बल हुने भनी निर्वाचन क्षेत्रका जनतामा जनविश्वाश पैदा भएको हो ।
श्रोतका अनुसार समाजसेवी कृष्णदेव यादवको सर्लाही क्षेत्र नं. २ बाट मधेश प्रदेश सभामा उम्मेद्वारी सुनिश्चित भएमा विजय सो¥हैआना निश्चित हुनेछ । संघीय प्रशासन र राजनीतिमा गहीरो जानकारी र अनुभव राख्ने नेता भएका कारण मधेश प्रदेश र संघीय सरकारबीच सुमधुर सम्बन्ध निर्माण गरी मधेश प्रदेशका जनतामा सेवा प्रवाह गर्न सक्ने भएकाले पनि समाजसेवी यादवको जित त्यहाँका जनताले अपरीहार्य ठानेका हुन् । समृद्द मधेश सहीतको समृद्द नेपाल निर्माण गर्न समाजसेवी यादव राष्ट्रलाई आवश्यकता परेको हो ।