। नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एकका पार्टी इन्चार्ज कमरेड देवराज घिमिरे पार्टीमा एक इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रुपमा चिनिनु हुन्छ। उहाँको निष्ठा र पार्टी प्रतिको लगाम तमाम कार्यकर्ता माझ प्रेरणा बनेको छ। उहाँ देवराज घिमिरेले पार्टी जीवन, राजनितिक जीवनमा भोग्नु परेका कठिनाइहरुको बारेमा उल्लेख गर्न वाड्छनिय छ। ताप्लेजुड् जिल्ला साविक सिकैचा ६ हाल श्रीजंघा ३ स्थित वुवा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको १२ जना सन्तान मध्ये माइला छोराको रुपमा मिती २०१३ साल जेठ १३ गते उहाँको जन्म भएको थियो। गाउँकै सिंहदेबी प्रा।बि। बाट अध्ययन शुरु गर्नु भएका उहाँले भानु पव्लिक हाइ स्कुल, धरानको महेन्द्र वहुमुखी क्याम्पस हुदै काठमाण्डौको त्रिचन्द्र क्याम्पसमा स्नातक सम्म अध्ययन गर्नु भयो। अध्ययन सगसगै देशमा चलिरहेको कम्युनिष्ट आन्दोलनले उहाँलाइ प्रभाव पारिरहेकै थियो र २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोह पछि अपिल प्रसारणको लाइनबाट नेकपाको सम्पर्कमा आउनु भयो। त्यसपछि २०३२ मा को। के। ९अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी माक्सवादी लेनिनवादी०को गठन भए पछि विध्यार्थी संगठन मार्फत पार्टीमा होमिनु भयो ।
विध्यार्थी संगठनको जिम्मेवारी कै सिलसिलामा २०३३ सालमा गाउ गाउमा पुगि वुर्जुवा शिक्षा वाहिस्कार अभियानमा सकृय उहाँले २०३५ सालमा को। के। को सदस्यता प्राप्त गर्नु भयो। देशमा छरिएर रहेका विभिन्न घटकहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी मालेको जिम्मेवारी प्राप्त गरेपछि तेह्रथुम र पाँचथर जिल्लामा पार्टी संगठन विस्तारको लागि खटिनु भएका उहाँले महत्वपूर्ण योगदान पुर्याउनु भयो। पार्टिको काममा निरन्तर भूमिकामा रहनु भएका कमरेड देवराज घिमिरे राष्ट्रिय भेला र विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा २०४६ सालको भदौमा सिराहाको विष्णुपुरकटीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनु भयो भने २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय सदस्यमा चुनिनु भयो ।
पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशन सम्म आइपुग्नु अगाडी उहाँले निरंकुश पंचायती शासकहरुको अत्याचारको डटेर सामना गर्नुभएको थियो विशेष गरेर इलाममा रत्नकुमार वान्तवाको बर्बरतापूर्बक हत्या गरेपछि पूर्बमा उदाउँदै गरेको कम्युनिष्ट आन्दोलनलाइ निभ्न नदिन र यथावत राख्न कमरेड प्रदिप नेपाल र कमरेड झलनाथ खनालले भूमिका निर्वाह गरेता पनि उहाँहरु राष्ट्रिय राजनितिमा स्थापित हुने आकांक्षा सहित राष्ट्रिय राजनितीमा लाग्नु भयो र उहाँहरुको रिक्त स्थानको पार्टी कामलाइ व्यवस्थित बनाउन भूगोल राम्ररी बुझेको नेताको रुपमा तत्कालीन मालेले २०३९ सालदेखि कमरेड देवराज घिमिरेलाइ इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी प्रदान गर्यो। उहाँले जिम्मेवारी पाइसकेपछि इलाममा पार्टी संगठनले व्यापकता पायो भने पंचायती शासक उहाँको राजनितिक कृयासिलता देखेर तर्सिन थाल्यो र उहाँलाइ वारेण्ट जारी गर्यो ।
एकातिर वारेण्ट जारी अर्कातिर सहयोद्दाहरुको निर्दलिय पंचायती शासकहरुले हत्या गर्दा समेत अविचलित भइ पार्टीको निर्णय र निर्देशनलाइ सिरोधार्य गर्दै १० बर्ष भन्दा बढी इलाम पार्टी काममा समय बिताउनु भयो। २०५० सालदेखि मेची अत्र्चलको इन्चार्जको जिम्मेवारी पाउनु भएका कमरेड घिमिरेले आफ्नो इन्चार्जसिपमा सिड्गो मेची अत्र्चलमा पार्टीका सबै उमेम्दवारलाइ विजय गराइ लाल किल्ला बनाउन सफल बन्नु भयो। पार्टीले उहाँको कार्य क्षमता र दक्षताको उचित मुल्याड्कन गरि पुरस्कृत गर्नु पर्नेमा उल्टै पार्टीमा फरक धारको भन्दै तत्कालीन पार्टी महासचिव माधवकुमार नेपालको निर्देशनमा २०५८ साल देखि उहाँलाइ पार्टी भूगोल क्षेत्रको काम बाट अलग गरि केन्द्रीय विभागमा जिम्मेवारी दिइने काम भयो। सबै भन्दा पहिला उहाँलाइ स्वास्थ्य विभागको इन्चार्ज तोकियो त्यसपछि इन्जिनियरिड् विभाग, युवा संघ नेपाल, नेराशिसं, प्रगतिशिल प्राध्यापक संघ जस्ता जिम्मेवारी दिइयो यद्दपि यी सबै ठाउँमा उहाँले आफ्नो कार्यदक्षता अब्बलरुपमा प्रदर्शन गर्नु भयो र संगठनलाइ मजबुद र शसक्त बनाउनु भयो। पार्टीले दिएको जिम्मेवारीलाइ इमान्दारीका साथ पुरा गर्दा पनि उहाँ गुटबन्दीका कारण मारमा परिरहनु भयो विशेषगरि कमरेड मदन भण्डारीको ९रहस्यमय हत्या पछि०निधन भएपछि नेतृत्वमा पुगेका माधव नेपालले केपि ओलि पक्षधर भनि लखट्नु लखटेता पनि पार्टीको विचार सिद्दान्तबाट कहिल्यै विचलित हुनुभएन पार्टीले जहाँ खटाउछ त्यहाँ दिलोज्यान दिएर आफ्नो कर्तब्य पूरा गर्न पछि पर्नुभएन ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट कमरेड केपि शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि उहाँको सचिवालय कुशलताको साथ समाल्हानु भयो भने नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भइ बनेको नेकपाको प्रदेश एकको अध्यक्षको जिम्मेवारीमा रहदा अनेकौं कठिनाइका बावजुत पनि पार्टी संगठनलाइ व्यबस्थि मात्र बनाउनु भएन सांगठानिक रुपमा नम्बर एक बनाउन प्रयाप्त कोशिसहरु गर्नुभयो।
राजनितिक जीवनमा उहाँले भोगेका अनेकौं आरोह अवरोह सँगै हाल पार्टी स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशको इन्चार्ज बन्नुभएका उहाँले २०७८ साल माघ १२ गते सम्पन्न राष्ट्रसभाको निर्वाचनमा पाँचदलीय गठबन्धन लाइ समेत पराजय गराइ नेकपा एमालेलाइ एउटा सिटमा विजय गराउन र एक सिटमा बराबर मत प्राप्त गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्नु भयो । गत ३० वैशाखको स्थानीय निर्वाचनमा पनि विभिन्न कठिनाइका बाबजुद पनि पार्टीका उमेम्द्वारहरुलाइ जिताउन निकै मेहनत गर्नु भयो । यसरी कमरेड देवराज घिमिरेले पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ समाल्हाली रहनु भएको छ, भने अब निकट भविश्यमा उहाँको अगाडी प्रदेश र संघको निर्वाचनमा पार्टीलाइ पहिलो स्थानमा विजयी गराउने चुनौती आएको छ तर हरेक हिसाबले अनुभबी उहाँ पार्टीको विरासत कायम राख्न सफल हुनुहुने छ उम्मेद्वारी छनौंट देखि निर्वाचनमा प्रदेश भरिका नेता कार्यकर्ताहरु परिचालित गराउने गरि योजना बनाउनुहुने छ र उहाँले विगतमा जहाँजहाँ आफ्नो इन्चार्जसिपमा पार्टीलाइ विजय गराउनु भयो यसपाली पनि त्यसले निरन्तरता पाउने छ ।
अन्त्यमा कमरेड देवराज घिमिरेले पार्टीको निम्ती जे जति योगदान र भूमिका निभाउनु भयो, त्यो अत्यन्तै प्रशंसनीय छ तमाम नेता कार्यकर्ताहरुको लागि अनुकरणीय छ तर उहाँले यति लामो संघर्ष र पार्टी जीवनमा जनताबाट चुनिने, जाँचिने अवसर पाउनु भएको छैन २०४८ सालको आम निर्वाचनमा तत्कालीन पार्टी महासचिव कमरेड मदन भण्डारीले इलामको एउटा क्षेत्रबाट सांसद उम्मेद्वारको लागि तयार हुनु भनेर भन्दा उहाले मेरो आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टीको स्वार्थ माथि हुने भन्दै जातीय सन्तुलन मिलाए दुवै क्षेत्रमा विजय हासिल गर्न सकिन्छ, भन्ने सुझाव राख्नु भो त्यहि अनुसार उम्मेद्वार तय भयो र दुवै क्षेत्रमा पार्टीले विजय हासिल गर्यो ।
पार्टीलाइ विजय गराउन आफुलाइ आएको अवसरलाइ समेत त्याग गरेका उहाँलाइ हाल सम्म पनि जनताबाट प्रत्यक्ष चुनिने अवसर दिइएको छैन यदि उहाँलाइ यो अवसर मिले जनताबाट अनुमोदित हुनु त्यस्तो कठिन नहोला किनकी उहाँको वैचारिक क्षमता, सालिनता, इमान्दारीता ,कम्युनिष्टचरित्रता, उच्चनैतिकता, कर्तव्यनिष्ठता र आदर्शता आदिले उहाँलाइ विजयको शिखरमा पुर्याउन साथ दिनेछ ।