मुख्यमंत्री जोगीः बनर्जी

 

भारत पश्चिम बंगलकी मुख्यमंत्री ममता बनर्जीले एक चुनाबी सभामा मन्तब्य दिने क्रममा भारत उत्तर प्रदेश का मुख्यमंत्रीलाई आदित्यनाथ योगी भन्नु पर्नेमा जोगी भनेकी छिन्।

सात चरणमा हुने उत्तर प्रदेश (युपी) बिधानसभा २०२२ को चुनावी कार्यक्रम अनुसार युपीको लखनउमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले जोगी भनेकी हुन्।हिन्सदी भाषामा दिएको म्बोधनको क्रममा उनले आफ्नो हिन्दी त्यती राम्रो नभएकाले प्रस्ट बोली नभएको पनि बताईन । उनले थपिन मोदी र जोगीको दल बिजेपी भारतको लागि खतराको संकेत भएको पनि बताईन्। उनले खतरा किन भयो भनी नप्रष्टियाए पनि मोदीको संघीय र योगीको प्रदेश सरकारले एकपछि अर्को गलतकाम गरेकाले पटक-पटक माफी माग्न आग्रह गरिन् ।

बंगालमा आफ्नो दल त्रिणमुल कांग्रेसले बिजेपीलाई सरकार बाट पाखा लगाउन सकेको भन्दै हामीले सक्ने युपीका जनताले किन नसक्ने? भनि दोहोर्यएर प्रति प्रश्न गरिन।युपीमा बनर्जीको त्रिणमुल कांग्रेसको संगठन नभएपनि त्यहॅाको समाजवादी पार्टी (एसपी) लाई सहयोग गर्न पुगेकी ब्राम्हण जातकी बनर्जीले भनिन् म यहॅा आएपछि युपीका ब्राहमण समाजका टोलीले मलाई भेटेर भने की हामी ब्रहमणहरु पनि तपाईले समर्थन गरेको दल एसपीलाई नै भोट दिनेछौं ।

युपी विधानसभा चुनावमा एसपीले अखिलेस यादबलाई मुख्यमंत्री बनाउने घोषणाका साथ चुनावी मैदानमा आएका छन् भने अर्को तर्फबाट बिजेपीका आदित्यनाथ योगी छन्, जो बर्तमान मुख्यमंत्री हुन् । गत साल सन् २०२१ मा भएको ग्राम पंचायत (गाउॅपालिका जस्तै) चुनाव हॅुदा भारतका प्रधानमंत्री नरेन्द्र मोदीको क्षेत्र बनारसमा समेत एसपी बिजयी भएर युपीकै पहिलो दल भएकोले यी दुई दलनै बिधानसभाको चुनावमा पनि मुख्य पिरतिस्पर्दी मानिएको छ। अन्य दलहरुमा बहुजन समाजवादी (बिएसपी) दल तेश्रो र कांग्रेस चौथो दल हुने अडकल स्थानिय संचार माध्यमहरुको छ।

Published On: Time : 12:08:18

तपाईको प्रतिक्रिया