हिंसात्मक गतिबिधी नियन्त्रण गर्न जसपाको माग

 

माघ ८, काठमाडौं

जनता समाजवादी पार्टी, नेपालले एक विज्ञप्ति जारी गरी जनमत पार्टीको नामबाट उनका नेता तथा कार्यकर्ताबाट भएको अमर्यादित, गैरराजनीतिक र हिंसात्मक गतिबिधीको नियन्त्रण गर्न नेपाल सरकार सँग माग गरेको छ ।
हालै सदाझै माघ ५ गते मधेश वलिदानी दिवश मनाइने कार्यक्रममा सहभागी हुन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव प्रमुख अतिथी को रुपमा जनकपुरधाम कार्यक्रममा जाने क्रममा जनमत पार्टीका नेता कार्यकर्ताले सुनियोजित रुपमा लाठी, भाटा, ढुंगा प्रयोग गरी अवरोध गर्ने प्रयास भएको हो । परिस्थीति थप भड्किन नदिन संयमित भई बाटो परीवर्तन गरी कार्यक्रम सभामा मन्त्री यादव सहभागी हुनुभयो । मन्तव्यको क्रममा यस्ता हिंसात्मक गतिबीधिले इतिहासमा गौर घटना घटेको स्मरण गर्दै यस्ता गतिबीधि निन्दनीय भएको बिचार व्यक्त गरीदा गलत सन्देश सञ्चार भईरहेको श्रोतको भनाई छ ।

Published On: Time : 19:10:34  300पटक हेरिएको

तपाईको प्रतिक्रिया