२०७८ माघ ७,
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्तिमा कुनै त्रुटि नभएको श्रोतको दावी रहेको छ । हरेक वर्ष माघ ५ गतेका दिन मधेश वलिदान दिवश मनाउने कार्यक्रम हुने र उक्त कार्यक्रममा सहभागी हुन मन्त्री रेणु यादव जनकपुरधाम जाँदा जनमत पार्टिका अध्यक्ष सिके राउतका कार्यकर्ताहरुबाट बाटोमा अवरोध भएको हो । यद्यपी संयमता पुर्वक परिस्थिती भड्कीन नदिन बाटोको यात्रा परिवर्तन गरी कार्यक्रम स्थलमा सहभागी हुनुभएको थीयो । श्रोतका अनुसार सिके राउतका कार्यकर्ताहरुबाट मन्त्री यादव सहित जसपाका कार्यकर्तामाथी सांघातिक हमला गर्ने योजना बनाइएको थीयो । बाटो छेकेर नाबालकहरु र लाठीमुंग्री समेत प्रयोग गरी अवरोध गर्ने प्रयास भएको थीयो । गौर घटना आफु र आफ्नो पार्टिको कुनै सहभागीता नभएको र आफ्नो नियत त्यो घटनासँग कही नमील्ने भनाई रहेको हो । सिके राउत र उनका कार्यकर्ताको गतिविधी हिंसात्मक भएको र यस्तो गतिविधीले इतिहासमा गौर घटना घटेको स्मरण भएको र जो एकदमै अप्रीय भएको र जो निन्दनीय छ भन्ने अभिव्यक्ति हुनसक्ने भनिएको छ ।