काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व छान्न सोमबार मतदान हुँदै छ । मतदानका दिनसम्म उम्मेदवारहरु मत मागिरहेका छन् ।
सभापतिमा कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा चुनावी मैदानमा छन् । उपसभापति दुई पदमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूणर्बहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइराला उम्मेदवार छन् । महामन्त्री दुई पदमा गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुँदै छ ।
सहमहामन्त्रीतर्फ महिलामा कमला पन्त, महालक्ष्मी उपाध्याय ‘डिना’, दलितमा गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, आदिवासी जनजातिमा विकास लामा, भीष्मराज आङ्देम्बे, खसआर्यमा किशोरसिंह राठौर, देवराज चालिसे, मधेसीमा महेन्द्र यादव, रञ्जित कणर्, रामकृष्ण यादव, मुस्लिममा फरमुल्लाह मन्सुर, शेख वकिल, थारुमा उमाकान्त चौधरी, तेजुलाल चौधरी, पिछडिएको क्षेत्रमा चेतराज बजाल, जीवनबहादुर शाही, बद्री पाण्डे उम्मेदवार छन् ।
केन्द्रीय सदस्यतर्फ खुला ३५ मा ९९, महिला खुला ९ मा ३०, प्रदेश १ बाट महिलामा ३ र खुलामा ७, प्रदेश २ बाट महिलामा २ र खुलामा (दुवै निर्विरोध), बागमतीबाट महिलामा ३ र खुलामा ६, गण्डकीबाट महिलामा २ र खुलामा ४, लुम्बिनीबाट महिलामा ३ र खुलामा ६, कणर्ालीबाट महिलामा २ र खुलामा ५, सुदूरपश्चिमबाट महिलामा ३, खुलामा ६ जना भिडिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्रदेशबाट महिला १/१ र खुला २/२ जना केन्द्रीय सदस्य बन्नेछन् ।
यस्तै, अपांगता खुला १ मा १२, अल्पंख्यक खुला १ मा ५, दलित महिला ४ मा १३, दलित खुला ५ मा २१, आदिवासी जनजाति महिला ७ मा ३३ र खुला ८ मा ५०, खसआर्य महिला ५ मा ३१ र खुला ७ मा ४३, मधेसी महिला ४ मा ५ र खुला ५ मा २३, मुस्लिम महिला १ मा ६ र खुला २ मा १०, थारु महिला २ मा ५ र खुलामा ८, पिछडिएको क्षेत्र खुला १ मा २ उम्मेदवार छन् ।