पछि हटे पौडेल, भन्छन्, ‘बीपी, गणेशमान, किशुनजीको आदर्श निरर्थक हुन लागेको पीडाबोध भइरहेछ’

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार नबन्ने भएका छन् । ‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ त्यो सन्दर्भमा मैले १४औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निणर्य गरेको छु’, नेता पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।’
पौडेलले कांग्रेसमा विचलन आइरहेको अनुभव गर्नुपरेको जनाएका छन् । ‘पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरु बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो । संघर्ष गर्नुभयो । त्यो आज निरर्थक हुन लागेको पीडाबोध भइरहेछ’, उनले भनेका छन्, ‘कांग्रेसलाई आज केवल सत्ताको भर्‍याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।’

Published On: Time : 14:46:23  208पटक हेरिएको

तपाईको प्रतिक्रिया