काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशन उद्घाटन शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।
मुख्य मञ्च १ सय ५० जनाभन्दा बढी क्षमताको तयार गरिएको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले बताए । कोभिड-१९ का कारण उपत्यका बाहिरबाट सहभागी नबोलाइएको उनको भनाइ छ । उनका अनुसार महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउनेहरु मात्र उदघाट्नसत्रमा सहभागी हुनेछन् । महाधिवेशनमा ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि रहने छन् । उद्घाटनमा सबै मुख्य दलका शीर्ष नेताका साथै भारतबाट भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधि उपस्थिति हुने जनाइएको छ ।
मञ्चबाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न छुट्टै स्टेज बनाइएको छ । जहाँ ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउस्ड सिस्टम राखिएको छ ।
महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रुख अंिकत झन्डाले सिँगारिएको छ । वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
कांग्रेसमा निर्वाचनका सबै कार्यक्रम सानेपामै, सभापति पदको मतगणना भने राष्ट्रिय सभागृहमा
