किरात राई यायोक्खा बेलायतमा नयाँ नेतृत्व, १७ बुँदे घोषणापत्र जारी

लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं महाधिवेशनले शनिबार चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा क्याप्टेन सुमनचन्द्र राई, जितेन्द्र साम्पाङ राई, मेजर दिलकुमार राई, नीलम राई र अनिता राई चयन भएका छन् । त्यसैगरी, महासचिव चन्द्रवती राई, उपमहासचिव प्रमिला लाबुङ राई र विनोद राई छन् । सचिव रोजी राई, गंगाराज राई, गणेशचन्द्र राई, जय राई र सुमित्रा राई, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष सावित्रा राई र डा. महा राई निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय सदस्यमा राजेन्द्र राई, ध्यानबहादुर राई, देवराज राई, भीम राई, खिलेन्द्र राई, धन राई, मिलनचन्द्र राई, रञ्जना राई, डिल्लीकेशर राई, प्रदीप राई, सप्तराज राई, डिल्लीराम राई, मनकुमार राई, सन्देश राई, तिलक राई, उमा राई, प्रेम राई, जयप्रकाश राई (ए), जय प्रकाश राई (बी) र दिलीप राई छन् ।
निर्वाचन समितिका प्रमुख पदम राई ‘बीईएम’ले सबै पदमा निर्विरोध भएको घोषणा गर्दै नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका थिए । संस्थाका पूर्वअध्यक्षसमेत रहेका राईको नेतृत्वमा रहेको समितिमा युद्धराज राईले उपप्रमुख र रामचन्द्र राई सचिवका रुपमा भूमिका निर्वाह गरेका थिए ।
यो अधिवेशन शनिबार बेलायतको बकिङस्थित किरात राई हाउसमा भएको थियो । नयाँ कार्यसमितिमा बहुभाषिक किरात राई जातिको बाह्र भाषिक थरगत संस्था अथवा समुदाय (चाम्लिङ, साम्पाङ, बान्तवा, कुलुङ, थुलुङ, दुमी, पुमा, नाछिरिङ, बाहिङ-बायुङ, कोयु-कोयी, मेवाहाङ र लुङ्खिम) को प्रतिनिधित्व रहेको जनाइएको छ ।
महाधिवेशन उद्घाटनसत्रको अध्यक्षता कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले गरेका थिए । ८३ वर्षीय लवजिज राई प्रमुख अतिथि थिए । किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उपमहासचिव तथा अनुशासन विभाग प्रमुख शुभचन्द्र राई र किरात राई विधार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राई विशेष अतिथि थिए ।
उपाध्यक्ष मेजर दिलकुमार राईले स्वास्थ्य एवं सुरक्षासम्बन्धी जानकारी गराएका थिए । अर्का उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले स्वागत मन्तव्य राखेका थिए । विशेष अतिथिहरुले संस्थाको तत्कालीन कार्यसमितिमा आवद्ध पदाधिकारीको संस्था तथा समुदायप्रतिको माया, जवाफदेहिता र इमानदारीबाट प्रभावित भएको बताएका थिए । बेलायतबासी किरात राईहरु मिलेरै अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । सभाध्यक्ष चन्द्रबहादुर राईले बेलायतवासी किरात राईहरु मिलेर अघि बढ्नुपर्ने चाहनालाई उच्च सम्मान गर्ने प्रतिबद्धता गरेका थिए ।
बन्दसत्रमा संस्थाको सांगठानिक प्रतिवेदन महासचिव चन्द्रवती राई र सहकोषाध्यक्ष डा. महा राईले आयव्यय विवरण पेश गरेका थिए । संस्थाको विधान परिमार्जन समितिका संयोजक उपाध्यक्ष जितेन्द्र साम्पाङ राईले परिमार्जित विधान प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुबीच छलफल गरी पारित गरिएको थियो ।
बन्दसत्रको अन्तमा कार्यवाहक अध्यक्षले तत्कालीन कार्यसमिति विघटन भएको घोषणा गर्दै अध्यक्ष मण्डलका अध्यक्ष नाक्छुङ कितावसेर राई र निर्वाचन समितिका प्रमुख पदम राई बिइएमलाई संस्थाको सम्पूणर् जिम्मेवारी हस्तान्तरण गरिएको घोषणा गरेका थिए । दुवै सत्रका औपचारिक कार्यक्रम संस्थाका महासचिव चन्द्रवती राई र उपमहासचिव प्रमिला लाबुङ राईले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
महाधिवेशनपछि जारी १७ बुंदे घोषणापत्रमा बेलायतमा रहेका सबै किरात राई भाषिक थरगत समुदायलाई संस्थागत रुपमै आवद्ध गर्दै लगिने, किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिलाई सचिवालय र भाषिक संघीय परिषदको दुई तह संरचना अभ्यास गर्दै लैजाने उल्लेख छ । साथै, बेलायतबासी किरात राई जातिको एकतालाई घोषणापत्रमा प्रमुखताका साथ उठाइएको छ ।

Published On: Time : 20:06:57  847पटक हेरिएको

तपाईको प्रतिक्रिया