काठमाडौं । सरकारले ६ अध्यादेश ल्याएको भोलिपल्टै संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को मंसिर १६ गतेको सिफारिसमा मंसिर २८ गते राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अघिल्लो दिन सरकारको सिफारिसमा ६ अध्यादेश जारी गरेकी थिइन् ।