कांग्रेसको प्रदेश अधिवेशन हुँदै, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन बिहीबार सुरु हुँदै छ । यो अधिवेशनले पहिलो पटक सातै प्रदेशमा प्रदेश कार्यसमिति चयन गर्नेछ । जसका लागि उक्त पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।
पहिलो दिन मंसिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । दोस्रो दिन उम्मेदवारको मनोनयनपत्र दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्म छ । मतदान भने तेस्रो दिन बिहान ८ बजे सुरु हुने समितिले जनाएको छ ।
यसअघि वडादेखि जिल्लासम्मका अधिवेशन सम्पन्न भइसकेका छन् । केन्द्रीय नेतृत्व चयन गर्न मंसिर २४ गतेदेखि तीन दिन काठमाडौंमा महाधिवेशन हुनेछ ।

Published On: Time : 10:34:30  57पटक हेरिएको

तपाईको प्रतिक्रिया