माओवादी अब एक नम्बर पार्टी बन्नेछ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सम्मेलनबाट नयाँ उचाइमा उठ्ने बताएका छन् ।
पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माण प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गर्नेछ ।’
प्रचण्डले एकाइसौं शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । भने, ‘अहिले वकिास भएका प्रवृत्ति र राम्रा नराम्रा कामको समीक्षा गर्दै जानुपर्छ ।’
उनले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ विचारको संश्लेषण गर्दै पहिलो पार्टी बनाउने घोषणा गरे। इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको उनको भनाइ थियो ।
‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन्’, उनले भने, ‘हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोसिस मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दनिेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संश्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’
उनले आफ्नो पार्टी पनि अरु बुर्जुवाजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखिएको बताए । ‘त्यसैले बेलैमा कमीकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । नर्मिम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौं’, उनले भने । पार्टीप्रति जनताको आकर्षण बढेको उल्लेख गर्दै उनले केही महिनाभित्र माओवादी एक नम्बर पार्टी बन्ने दाबी गरे ।
‘कुनै न कुनै रूपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरू र यसले अगाडि ल्याउन खोजेका समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरू लागेका छन्। यसलाई चिर्ने चुनौती पनि छ। यो एउटा अवसर र चुनौती दुबै हाम्रासामु खडा छ’ उनले भने, ‘हामी एकताबद्ध भएर जाँदा यो सामना गर्न सकन्छि। यसमा हामी सबै एकजुट भएर लागौं ।’

Published On: Time : 19:05:25

तपाईको प्रतिक्रिया