कांग्रेस इलामको सभापतिमा खड्का निर्वाचित, पदाधिकारीमा मिश्रित परिणाम

तस्बिर साभार नयाँबुलन्द डटकम

इलाम । कांग्रेस इलामको १४औं जिल्ला अधिवेशनबाट डम्बर खड्का सभापति निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवानिकट नेता खड्काले प्रतिस्पर्धी भेषराज आचार्यलाई पराजित गरेका हुन् । आचार्य नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् ।
शनिबार प्राप्त मतपरिणामअनुसार खड्काले ९ सय ३५ र आचार्यले ७ सय ७५ मत ल्याएका छन् । नवनिर्वाचित सभापति खड्का समाजसेवी नेताका रूपमा परिचित छन् । आचार्य इलामका बौद्धिक नेता मान्छिन् । अधिवेशनका दौरान निवर्तमान सभापति हिमालय कर्माचार्य र पूर्वसभापति केशव थापासमेत उम्मेदवारका रुपमा देखिएका थिए । तर, उनीहरू अन्तिम समयमा पछि हट्दा जिल्ला सभापति पदमा दुई मात्र उम्मेदवारी परेको थियो ।
उपसभापतिमा आचार्य प्यानलका खगेन्द्र देवान र विष्णुकुमार दाहाल लिम्बू निर्वाचित भएका छन् । देवानले ८ सय ७४ र दाहालले ७ सय ७८ मत प्राप्त गरेका छन् । खड्का प्यानलका केदार थापाले ७ सय ४७ र होम दुलालले ६ सय ९९ मत मात्रै प्राप्त गरे ।
सचिवमा निरोज खड्गी र पूणर्प्रसाद गौतम निर्वाचित भएका छन् । खड्गीले ७ सय ९३ र गौतमले ८ सय १९ मत प्राप्त गरेका छन् । खड्गी खड्का र गौतम आचार्य प्यानलबाट उम्मेदवार थिए । विष्णु हेमकुमार कार्कीले ७ सय २२ र हुकुमलाल थेबेले ७ सय १५ मत मात्रै प्राप्त गरे । कार्की आचार्य र थेबे खड्का प्यानलबाट उम्मेदवार थिए ।
सचिवमा डालाकुमारी कार्की र देवेन्द्रकुमार सुवेदी निर्वाचित भएका छन् । खड्का प्यानलकी कार्कीले ८ सय ६५ र आचार्य प्यानलका सुवेदीले ७ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै आचार्य प्यानलका चक्र एक्तेन अभिषेकले ६ सय ५६ र खड्का प्यानलकी प्रबिना राईले ६ सय ३४ मत प्राप्त गरेको जनाइएको छ ।

डम्बर खड्का र भेषराज आचार्य
Published On: Time : 18:18:31  165पटक हेरिएको

तपाईको प्रतिक्रिया