इलाममा इधिंगो र राई कांग्रेस क्षेत्रीय सभापति निर्वाचित

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत इलामको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिंगो र शमशेर राई निर्वाचित भएका छन् ।

इधिंगो क्षेत्र नम्बर २ र राई क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति भएका हुन् । इधिंगो माङसेबुङ गाउँपालिका र राई रोङ गाउँपालिका अध्यक्षसमेत हुन् ।

क्षेत्र नम्बर १ मा राई २ सय ४७ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी भीष्म प्रधानले २ सय १४, दुर्गा बरालले १ सय ९७ र मिलन क्षेत्रीले २१ मत ल्याए ।

क्षेत्र नम्बर २ मा इधिंगो ४ सय ३२ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी नुतनदेव दुलालले २ सय ९८, नरेश श्रेष्ठले १ सय ८८ र मनकुमार बुढाथोकीले ७४ मत ल्याए ।

दुवै जना इलाममा नेता भेषराज आचार्यनिकट मानिन्छन् । आचार्य जिल्ला सभापतिका उम्मेदवार छन् । आचार्य क्षेत्र नम्बर २ बाट सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

Published On: Time : 14:48:08  143पटक हेरिएको

तपाईको प्रतिक्रिया