काठमाठौं । कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच ‘मिडिया वार’ सुरु भएको छ । मिडियालाई आआफ्नो प्रभावमा पार्न दुवै पक्षले उस्तै इमेल प्रयोग गरी समाचार सम्प्रेषण गर्न थालेका छन् ।
देउवा पक्षले एनसी सूचना केन्द्र नामको इमेलमा लेखेको छ, ‘नेपाली कांग्रेसको १४औं छिन्नभिन्न अवस्थामा रहेको रामचन्द्र पौडेल गुटका लागि निकै खराब हुने देखिएको छ । प्रतिनिधिसभा क्षेत्री अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा सभापति शेरबहादुर देउवा निकै अगाडि देखिएपछि पौडेल पक्ष तिलमिलाएको छ । उसले सातमध्ये प्रदेश २ बाहेक ६ प्रदेशका प्रारम्भकि परणिाम आइरहेको जनाएको छ। ‘जसमध्ये सुर्खेत, डोल्पा, म्याग्दीलगायतका जल्लिामा पौडेल पक्ष शून्य भएको छ भने सुदुरपश्चमिसहतिका प्रदेशमा देउवा पक्ष नकिै बेलयिो देखएिको छ’, उसको दाबी छ ।
पौडेल पक्षले इमेलमा लेखेको छ, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशन सभापति शेरबहादुर देउवाका लागि फलामको चिउरासरह हुने भएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर पक्ष बलियो देखिएपछि देउवा समस्यामा परेका हुन् ।’ सुदुरपश्चमिबाहेकका प्रदेशमा वरष्ठि नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापन इतर समूह बलयिो हुने देखएिको एनसी सूचनाकेन्द्र इमेलमा लेखिएको छ ।