सर्वसम्मत अध्यक्ष हुन नपाउने भए ओली, रावलद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुन केपी शर्मा ओलीलाई उपाध्यक्ष भीम रावल बाधक बनेका छन् । उपाध्यक्ष रावलले आइतबार पत्रकार सम्मेलन गरी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी घोषणा गरेका छन् । उनले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन १३ को सही रूपमा पालना नभएको भन्दै असन्तुष्टि जनाए । विगतमा माधवकुमार नेपाल पक्षका रावल पार्टी विभाजनका बेला १० बुँदे सहमतिमार्फत एमालेमै बसेका थिए ।

Published On: Time : 18:19:10  50पटक हेरिएको

तपाईको प्रतिक्रिया