एयरपोर्ट रक्सी काण्ड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निजामती आधिकारिक ट्रेड युनियनले एयरपोर्टमा भएको घटनाको यर्थाथ विवरण सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारी कुटेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निजामती आधिकारिक ट्रेड युनियनले दोषीमाथि कडा कारवाही गर्न माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय निजामती आधिकारिक ट्रेड युनियन विभागीय कार्य समितिका अध्यक्ष हरिकाजी राईद्धारा जारी विज्ञप्तीमा भनिएको छ, त्यस्ता घटनाले कर्मचारीहरुको मनोवल कमजोर हुनुका साथै कार्यसम्पादनमा नकारात्मक असर पार्ने हुँदा कर्मचारीको मनोवल उच्च बनाउन कार्यस्थलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराइएको छ ।

तिहारको भाई टीकाको दिन बेलायतबाट फर्किएका सीईओ रेग्मीले विमानस्थलको भन्सार जाँचपासमा खटिएका कर्मचारीमाथि नासु तहका कर्मचारीमाथि जाइ लागेका थिए । सो समाचार बाहिरिएसँगै मन्त्री प्रेम आलेले सिइओ रेग्मीसँग सोधपुछ गरेका थिए । रेग्मीलाई तीन दिनभित्र लिखित जबाफ पेश गर्न भनिएको छ ।

Published On: Time : 5:17:14  94पटक हेरिएको

तपाईको प्रतिक्रिया