राष्ट्रिय बीमा संस्थानको लगनखेल शाखा विस्तार

कातिक ३०, ललितपुर

राष्ट्रिय बिमा संस्थानको लगनखेल शाखा एक कार्यक्रमका साथ उद्घाटन भएको छ । उद्घाटन कार्यक्रमलाई राष्ट्रिय बिमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका सञ्चालक अध्यक्ष गंगाराम कडेल र राष्ट्रिय बिमा संस्थानका प्रशासन प्रमुख कवी प्रसाद पाठकबाट संयुक्त रुपमा समुद्घाटन भएको छ । यो बिमा संस्थान देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यावसायिक बीमा कम्पनी स्थापना गर्न नेपाल सरकारको निर्णय अनुरुप २०२४ पौष १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भई राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तरगत संस्थानको रुपमा २०२५ साल पौष १ गते परिणत भएको हो । यस संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरुप नै कार्य गर्न र उच्च प्रतिफल दिन सफल भएको छ । बिमा संस्थानको लक्ष र उदेश्य अनुरुप लगनखेल शाखाले उपलब्धी हासील गर्ने कुरा शाखा प्रमुख प्रदिप लुईटेलले भन्नुभयो ।

Published On: Time : 11:13:50  98पटक हेरिएको

तपाईको प्रतिक्रिया