काठमाडौं, कात्तिक २९ गते ।
नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।
प्राज्नाको विजयी सुरुआत
नेपालकी प्राज्ना मानन्धरले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, शिभाली गुरुङ, आध्या पौडेल र सुनिरा थापाले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा नेपालका श्रृजन भट्टराई, निश्चल कायश्थ, आद्रित नेपाल, वृजेश अर्याल, स्लोककेशर खड्का, आयुशमान हजुर घले, सक्षमविक्रम शाह र भारतका सिद्धार्थ जिबुले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराए ।
ब्वाइज डबल्समा नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाह, नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठ, भारतका अविर श्रीवास्तव र नेपालका वृजेश अर्याल तथा नेपालका श्रीयोग अधिकारी र निश्चल कायश्थको जोडीले सफलता पाए ।
उक्त स्पर्धाको गल्र्समा नेपालका कृषा अधिकारी र नाला जोस्फिन मास्के, नेपालका समृद्धि महर्जन र आध्या पौडेल तथा नेपालका जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीले जित आत्मासात् गरे ।
प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडी सहभागी छन् ।

विजय विजयी
नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाइबीसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई हराए ।
सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भीपीबीसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई पाखा लगाए । पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरन्जिवी खड्काको चुनौती समाप्त पारे ।
महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन् । महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भीपीबीसीकी ओमन गुरुङलाई निराश पारिन् ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारी, राखेपका निर्देशक महेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।