कातिक २९, काठमाडौं ।
नेपाल बैंक नेपालको पहिलो बैंक हो । जसको जन्म १९९४ साल कार्तिक ३० गते भएको हो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यो बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका हुन् ।
नेपाल सरकार र सर्वसाधारणको निजी–सरकारीसाझेदारीको अवधारणामा स्थापना भएको यस बैंकको पुंजी संरचना शुरुआतमा नेपाल सरकारको ४० प्रतिशत र सर्वसाधारणको ६० प्रतिशत रहेकोमा विचको अवधीमा उक्त अनुपातमा परिवर्तन हुंदै हाल नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर हिस्सा रहेको छ भने बैंकको चुक्तापूँजी २०७८ आषाढमा रु. १२ अर्व ६४ करोड पुगेको छ जुन बैंकको महत्वपुर्ण उपलब्धी हो ।
बैकका वित्तीय परिसूचकहरुले उत्साहजनक नतिजाहरुका साथ बैंकको सफलतालाईदेखाएको छ । बैंकको वितिय अवश्था तथा प्रस्तुति बाट शेयरधनी, व्यवस्थापन एवं सम्पूर्ण सरोकारवाला समक्ष सकारात्मक उर्जा प्राप्त भएको छ । २ दशक भन्दा बढि समयसम्मख लाभांस बितरण नगरेको यस बैंकले आ.व. २०७६÷७७ देखि लाभांस बितरण गर्न थालिसकेको छ । यसका उत्साहजनक वित्तीय परिसूचकहरुले गर्दा यस बैंक प्रति पुंजीबजारका लगानीकर्ताको आकर्षण बढ्दो छ ।
नेपाल र नेपालीसँगको सम्बन्ध
नेपालमा बैंकिङ प्रणालीको सुरुवात र विकासकर्ताका हिसाबले पनि नेपाल बैंकको भूमीका अन्य बैंकसँग तुलना हुनै सक्दैन । ऐतिहासिक पृष्ठभूमीको जगमा उभिएर हालसम्म पनि अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक नेपाली माटो र हरेक नेपाली जनसँग प्रगाढ सम्बन्ध गाँसिएको बैंक हो ।
नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्रै नभई नेपालमा स्वदेशी मुद्रा प्रचलमा ल्याउने श्रेय पनि नेपाल बैंकलाई नै जान्छ । भारु (भारतीय रुपैयाँ) को दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले त्यो समयमा खेलेको भूमीकाको जति प्रशंसा गरेपनि कमी हुन्छ ।
१९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमीका निर्वाह गरेको नेपाल बैंक हरेक नेपाली जनको हृदयसँग जोडिएको छ । त्यसैले यो बैंक स्थापना भएको साल १९९४ साललाई नेपालको बैंकिङ क्षेत्रको कोशेढुंगाका रुपमा लिइन्छ ।
उद्योग, कृषि, पर्यटन तथा व्यापार व्यवसाय र आय आर्जनका क्षेत्रको विकास एवम् प्रवद्र्धनमा अग्रणी भूमीका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८५ औँ वर्षसम्म अटुट रुपमा बैंकिङ सेवा प्रदान गर्न सफल छ । त्यसैले त, यो बैंक र नेपाल र नेपालीसँग अटुट प्रेम छ ।
हिमाल, पहाड, तराई, मधेश जोड्ने बैंक,
नेपाल बैंक हिमाल, पहाड, तराई, मधेशका जनताको आफ्नो बैंक हो । यसले बैंकिङ सेवा मार्फत अटुटरुपमा सेवा प्रदान गर्दै हिमाल, पहाड, तराई, मधेशमा बस्ने सबै जातजाति, भाषाभाषी, समुदाय, सम्प्रदाय, वर्ग लिङ्गका सबै नेपालीलाई जोड्ने सेतुको काम गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व ,
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भूगोलपार्क हरियाली, रक्तदान कार्यक्रम, महिला सशक्तिकरण सम्वन्धि कार्यक्रम, विपन्न बर्ग लक्षित स्वास्थ्य सुधार कार्यक्रम, बाढिपिडित राहत कार्यक्रम लगायत ज्येष्ठ नागरिक सम्मान, असहाय बालबालिकाहरुलाई सहयोग तथा विनाशकारी भुकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा सहयोग,कोभिड १९ को विनासकारी प्रकोपबाट सर्वसाधारणलाई जोगाउन सरकारलाइ र विभिन्न संघ संस्थाहरुलाइ गरेको आर्थिक सहयोगका लगायतका कार्यहरु गर्दै आएको छ ।
युवा जनशक्ति तथा व्यवस्थापन
हाल बैंकको सबै तहमा दक्ष युवा जनशक्तिको रहेका छन् जुन बैंकको एक महत्वपुर्ण सवल पक्ष हो । हाल बैंकमा स्थायी, करार सेवा र ज्यालादारी गरी करिब २४०० कर्मचारी कार्यरत छन् ।
संस्थागत सुशासन ,
बंैकले असल संस्थागत सुशासन सम्बन्धी मार्गदर्शनहरुको पूर्ण परिपालन गरिआएको छ । सञ्चालक समितिका अध्यक्ष साथै सदस्यहरु तथा कर्मचारीहरुले नेपाल राष्ट्र बैंकबाट तोकिएको आचरण तथा निर्देशन सम्बन्धी ब्यवस्थाहरुको पूर्ण परिपालना गरेका छन । बैंककोे आन्तरिक कार्य ब्यवस्थापनलाई ब्यवस्थित गर्न, संस्थागत सुशासन कायम गर्न र नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनुका साथै निर्णय समितिको तहमा लेखा परीक्षण समिति, कर्मचारी ब्यवस्थापन तथा सेवा सुविधा समिति, जोखिम ब्यवस्थापन समिति, कम्प्लायन्स डिभिजन र गर्भनेन्स डिभिजन समेत स्थापना गरी कार्य ब्यवस्थित गरिएको छ ।
धातुको टोकन देखि अत्याधुनिक डिजिटल बैकिङ्गसम्मको यात्रा ,
शुरुका दिनमा बैंकको कार्यप्रणाली हेर्दा लेजर बुक, धातुको टोकन माध्यमवाट निक्षेप बुझी भुक्तानी दिने, कारोवारको पासबुक रेकर्ड राखी ग्राहकलाई दिने, रुपैया, पैसा घडामा हैन बैंकमा राख्नुपर्छ, क्रण साहुसंग नभई बैंकवाट लिनुपर्छ भनि ग्राहकहरुलाई बैंकिङ्गको कखरा सिकाएको यस बैंक हाल बैंकिङ्ग बजारमा उपलब्ध अत्याधुनिक प्रविधि तथा उपकरणहरुद्धारा सञ्चालित सेवाहरु जसमा भीजाकार्ड सहित एटिएम, डेविट कार्ड,क्रेडिट कार्ड एनिब्रान्च बैंकिङ्ग, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, विल भुक्तानी सेवा, सार्वजनिक सवारीमा ई(टिकेटिङ्क सेवा लगायतका स्मार्ट बैकिङ्ग सेवाहरु समेत उपलब्ध गराईरहेको छ ।
सबै पिँढीको साथी
नेपाल बैंकले २० लाख बढी आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ । बालक, युवा, प्रौढ, जेष्ठ नागरिक सबैको रोजाई बन्न सफल नेपाल बैंकमा दिनप्रतिदिन युवा उधमीहरुको आकर्षण बढ्दो छ ।
उद्यमी, व्यवसायीदेखि सामान्य आर्थिक स्तर भएका नेपालीजनको रोजाई बनेको यो बैंकले ग्राहक सेवालाई उच्च प्राथमिकतामा राखेर निन्तर कर्म गर्दै आएको छ । त्यसैले त, नेपाल बैंक साँच्चै ‘सबै पिँढीको साथी’ बनेको छ ।
नेपाली अर्थतन्त्र विकासका लागि बैंकले गरेका प्रतिवद्धता
बैंकले हालसम्म आईपुग्दा नेपाली अर्थतन्त्रको विकासमा अतुलनीय योगदान गरेको छ । यति मात्रै होइन ८५ औँ वार्षिकोत्सवको अवसरमा बैंकले थप प्रतिवद्धताहरु पनि गरेको छ ।
देशका सबै बर्ग र क्षेत्रमा वित्तीय सेवाको विस्तार गरि वित्तीय सेवाको पहुंच अभिबृद्घि गर्ने साथै नेपालको आर्थिक विकासको सहयात्री भैरहने प्रतिवद्धता बैंकले गरेको छ । यसले हरेक स्थानीय तहका हरेक व्यक्ति वित्तीय रुपमा साक्षर बन्ने, लगानीका अवसरहरु सिर्जना हुने र ग्रामिण अर्थतन्त्रको विकासमा उदाहरणीय योगदान गर्ने बैंकको लक्ष्य छ ।
आर्थिक परिसूचकहरु
क.सं. विवरण रकम
१. शेयर पूँजी १२६४ अर्व
२. जगेडा तथा कोषहरु २१.५ अर्व
३. निक्षेप दायित्व १७३ अर्व
४. कर्जा सापटी १४८ अर्व
५. खुद व्याज आम्दानी ६.४६ अर्व
६. संचालन मूनाफा ४.४९ अर्व
७. कर अघिको मूनाफा ४.७१ अर्व
८. खूद मूनाफा ३.०६ अर्व
९. निस्कृय कर्जा(%) २.०
१०. पूँजीकोषअनुपात (%) १७.९१