लहानमा किशोरी बलात्कृत

सिरहा, २७ कात्तिक

सिरहामा एक किशोरी बलात्कृत भएकी छन् । लहान नगरपालिका १४ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २४ वर्षीय शिवा पासवानविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा उजुरी परेको छ ।

पीडित किशोरीमाथि बिहीबार बलात्कार गरेको आरोपमा कारबाहीका लागि उजुरी परेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डाक्टर तपन दाहालले जानकारी दिए ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको र आरोपितको खाजीकार्य भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Published On: Time : 19:35:37  61पटक हेरिएको

तपाईको प्रतिक्रिया