किरात राई तेश्रो अन्तराष्ट्रिय सम्मेलन शुरु


कातिक २७ काठमाडौ ।
किरात राई अन्तराष्ट्रिय समन्वय समितिको आयोजनामा किरात राई अन्तराष्ट्रिय सम्मेलनको सम्माननीय उपराष्ट्रपति नन्द बहादुुर पुनको बाहुलिबाट एक समारोहका बिच समुद्घाटन भएको छ ।
राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना भएको कार्यक्रममा विश्वभरीका राई समुदायका प्रतिनीधिहरु भेला भएका हुन् । किरात राई समुुदायको भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षण, संबद्र्दन र उत्थान गर्नका लागी अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेको आयोजकले जानकारी गराएको छ ।
गणतन्त्रलाई सदृढ गर्न र संस्थागत विकासमा आफ्नो समुदायको पनि दायीत्व रहेको ठानी १ नं. प्रदेशको नामांकनमा किरात प्रदेश हुनु पर्ने विषय पनि छलफल रहेको छ । कार्यक्रमका विशेष अतिथी १ नं. प्रदेशका मुख्य मन्त्री राजेन्द्र राईले समृद्द नेपाल बन्न सबैको भावना राज्यले समेट्न उपयुक्त हुने जानकारी गराउनु भयो । कार्यक्रमलाई विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले सम्बोधन गरेका थीए । सम्मेलन राजधानीमा कातिक २७ देखी २९ गते सम्म ३ दिन चल्नेछ ।

Published On: Time : 19:20:25  68पटक हेरिएको

तपाईको प्रतिक्रिया