काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत यसअघि रोकिएका अधिवेशन शनिबार सुरु हुँदै छन् । संशोधित कार्यतालिकाअनुसार पहिलो दिन १२ जिल्लामा गाउँ÷नगर अधिवेशन हुनेछ । जसमा सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा छन् । सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ । यसरी क्षेत्र, जिल्ला हुँदै मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिर २४ गतेदेखि तीन दिन महाधिवेशन तोकिएको छ ।