काठमाडौं
लिम्बु विद्यार्थी मञ्च, याक्थुङ युवा मञ्च र किरात याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा हालै एक कार्यक्रमका बीच १३७ औ फाल्गुनन्द जन्मजयन्ती सम्पन्न भएको छ । कार्तिक २५ लाई लिम्बु किराती समुुदाय र नेपालीहरुले परम्पराको रुपमा जयन्ती मनाउने प्रचलनलाई निरन्तरता दिएका हुन् । परम्परागत सामाजिक र सांस्कृतिक रीतिथीति तत्कालीन अवश्थामा आर्थीक समृद्दिको हिसाबले प्रतिकुल रहेको अवश्थामा फाल्गुनन्द लिङ्देनको अगुवाईमा सामाजिक सांस्कृतिक शुद्दिकरण गरी समुदायको हीतमा योगदान गरेको कदर स्वरुप कार्यक्रम आयोजना भएको हो । राज्यले समेत सम्मान स्वरुप राष्ट्रिय विभुति मानेको हो ।
चुम्लुङ हीम ललितपुरमा भएको कार्यक्रमको समुद्घाटन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले गरेका थीए । लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष दिपा लक्सम, चुम्लुङका उपाध्यक्ष प्रेम येक्तेन लगायतले सम्बोधन गरेका थीए ।
