काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को आरम्भ राष्ट्रपतिबाट गरेको छ । विभागको टोलीले बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्यांक संकलन गरेको हो । जसका लागि महानिर्देशक नेविनलाल श्रेष्ठलगायत खटिएका थिए ।