अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध


काबुल (एजेन्सी), तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान सरकारले निर्देशनात्मक सूचनामा निर्देशनलाई कसैले अटेर गरे कडा कारबाही गर्ने चेतावनी दिइएको छ । विदेशी मुद्राले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको जनाइएको छ ।
‘इस्लामिक इमिरेट्स (तालिवबन)को आग्रह छ की, सवै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अव उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला’, सूचनामा लेखिएको छ, ‘यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ ।’
तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरता पूर्वक लिएको जानकारी दिए । अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका मुलुकका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ । सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ ।

Published On: Time : 12:08:36

तपाईको प्रतिक्रिया