फेरि इजलासमा बसेनन् सर्वोच्चका न्यायाधीश, बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत ठप्प


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलित सर्वोच्च अदालतका न्यायाधीशले मंगलबार फेरि इजलास बहिष्कार गरेका छन् । जसकारण बन्दीप्रत्यक्षीकरणका १० वटा मुद्दाको सुनुवाइ रोकिएको छ । प्रधानन्यायाधीशले १० न्यायाधीशलाई ६ वटा इजलासमा १० पेसी तोकेका थिए ।
न्यायाधीशहरुले सोमबार भने दुई एकल र चार संयुक्त इजलासमा गरी ६ वटा बन्दीप्रत्यक्षीकरणका मुद्दा हेरेका थिए । तीमध्ये चारवटामा फैसला र दुईवटामा आदेश भएको थियो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशले एक साताभन्दा बढीदेखि इजलास बहिष्कार गर्दै आएका हुन् ।

Published On: Time : 19:03:41

तपाईको प्रतिक्रिया