काठमाडौं । रोशन बान्तवाले आफ्नै शब्द, संगीत र एरेन्जमा ‘मलाई नै हो कि’ गीत युट्युबमार्फत सार्वजनिक गरेका छन् । यो गीतमा सिमु चाम्लिङको स्वर छ । धरानमा जन्मिएकी गायिका चाम्लिङ अमेरिकामा बसोबास गर्दै आएकी छन् । पाँचथर मिक्लाजुङ गाउँपालिकाका संगीतकार बान्तवाका सिर्जना थुप्रै चर्चित छन् । उनले एरेन्ज गरेको ‘फूलै फूलको सौगात तिमीलाई’ गीत पछिल्लो समय चर्चित भएको छ । जुन गीत जन्तरे मामाले गाएका हुन् ।