दुई महिनामै ढल्यो भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार, राजेन्द्र राई मुख्य मन्त्री बन्दै


विराटनगर । एमाले नेता भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश १ सरकार दुई महिनामै ढलेको छ । पहिलो मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि उक्त ठाउँमा गत भदौ १० गते आचार्य नियुक्त भएका थिए । मुख्यमन्त्री आचार्यले सोमबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सोमबारै आचार्यको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले बताए ।
प्रदेश प्रमुख अधिकारीले यससँगै प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मंगलबार दिनको १ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई अघि बढाएको छ ।

 

Published On: Time : 17:50:12

तपाईको प्रतिक्रिया