राजविर मानन्धर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को ब्वाईज यु – १४ तर्फको उपाधी उचाल्न सफल भएका छन् । आईतबार भएको सेमिफाईनलमा मानन्धरले आयुश्मान हजुर घलेलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम कोर्न सफल भएका हुन् । तर उनी युगल तर्फ भने सेमिफाईनलमा पराजित भएका छन् । युगल तर्फ प्रनभ महर्जनलाई जोडी बनाएर प्रतिस्पर्धामा उत्रेका उनी दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई वाक ओभर प्रदान गर्दै सेमिफाईनमानै यात्रा टुङ्गयाउन बाध्य भए ।
गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १२ तर्फ दर्शिल श्रेष्ठले उपाधी उचाले । उनले बोरिस अधिकारीलाई ७–५, ६–२ ले पराजित गर्न सफल भएका हुन् । यस्तै सोही उमेर समूहको छात्रा तर्फ समृद्धि महर्जनले जित हात पारिन् । महर्जनले फाईनलमा शिभाली गुरुङ्गलाई ६–३, ७–५ ले पाखा लगाउँदै जितलाई आत्मसाथ गरेकी हुन् ।
छात्र यु १० तर्फको प्रतिस्पर्धामा आशभ सम्राट हाडाले बाजी मारे । उनले फाईनलमा स्पन्दन उदासलाई ७–६, ६–३, ११–९ को कठिन जितका साथ उपाधी चुमे ।
सातदोवाटोस्थित टेनिस कोर्टमा भएको जुनियर तर्फको अन्य खेलमा छात्रा यु – १४ तर्फ सुनिरा थापा र आद्या पौडेल उपाधी निकट पुगेका छन् । सुनिराले जेनी खड्कालाई ६–४, ६–१ ले पराजित गर्दै उपाधीका लागि पौडेल संगको भेट पक्का गरेकी हुन् । पौडेलले प्रशंस मोक्तानलाई ६–३, ६–३ को सेटमा पराजित गरिन् । यस्तै छात्र तर्फ यु – १४ तर्फ आयुश्मान हजुर घले र सक्षम श्रेष्ठको जोडी तथा दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडी फाईनल प्रवेश गरेका छन् । घले र श्रेष्ठको जोडीले स्लोक खड्का र श्रीयोग आचार्यको जोडीलाई ६–१, ६–१ को सेटमा तथा दर्शिल र श्रीजनको जोडी राजवीर मानन्धर र प्रनभ महर्जनको जोडीबाट वाक ओभर प्राप्त गर्दै फाईनल प्रवेश गरेका हुन् । यस्तै यसै उमेर समूहको छात्रा युगल तर्फ आध्या पौडेल र समृद्धि महर्जनको जोडीले फाईनलमा स्थान बनायो । पौडेल र महर्जनको जोडीले मालाश्री श्रेष्ठ र कृषाको जोडीलाई ६–२, ६–२को समान अन्तरले पराजित गरेका हुन् । यसैगरि सुनिरा थापा र प्रशंसा महर्जनको जोडीले पनि फाईनल यात्रा तय गरे । थापा र महर्जनको जोडीले जेन्नी खड्का र कर्मिष्ठा एन. एसको जोडीलाई ६–२, ६–२ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
सिनियर तर्फको प्रतिस्पर्धामा पुरुष युगल तर्फ निहाल जंग बहादुर थापा र अकी राउतको जोडी तथा प्रदीप खड्का र अनिल शाहीको जोडी फाईनल प्रवेश गरेका छन् । थापा र राउतको जोडीले प्रनभ खनाल र जितेन्द्रको जोडीलाई ६–४, ६–३ ले तथा खड्का र शाहीको जोडीले ऋतीक राणा र नविन पाईजाको जोडीलाइ २–६र्, ६–१, ११–९ को कठिन जितका साथ उपाधी भिडन्त पक्का गरेका हुन् । यस्तै महिला युगल तर्फ प्रेरणा कोईरालाल र सलोनी तामाङ्गको जोडी तथा अभिलाषा बिष्ट र ईरा एम. राउतको जोडी उपाधी निकट पुगेका छन् । प्रेरणा र सलोनीको जोडीले रयना शाह र प्रकृती श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले तथा अभिलाषा र ईराको जोडीले अज्जा रेग्मी र ईभा अधिकारीको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।
पुरुष ३५ बर्ष माथिको एकल स्पर्धामा कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्ग फाईनल प्रवेश गरेका छन् । भण्डारीले भिष्म जंग गुरुङ्गलाई ६–२, ६–२ ले पराजित गर्दै फाईनलमा सिमान्त संगको भेट पक्का गरेका हुन् । सिमान्तले सुभाष बस्नेतलाई ६–०, ६–१ ले पन्छाए ।
पुरुष ४५ बर्ष माथिको स्पर्धामा सिजर गुरुङ्ग र विमल कुमार गुरुङ्गले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिजरले रोहित सुनुवारलाई ६–३, ६–१ ले तथा विमलले सुकमान तामाङ्गलाई ६–३, ६–४ ले पराजित गरे ।
पुरुष ५५ बर्ष माथिको स्पर्धामा कमल थापाले सागर केसीलाई ६–०, ६–० ले पराजित गर्दै उपाधीका लागि विमल कुमार गुरुङ्ग संगको भेट पक्का गरेका हुन् । विमलले ध्रुव गुरुङ्गबाट रिटायर्ड हर्टको आधारमा जित निकाले । २–० को अवस्थामा ध्रुव रिटायर्ड हर्ट भएका थिए ।
पुरुष ३५ बर्ष माथिको युगल तर्फ निरज थापा र लोक गुरुङ्गको जोडी क्वाटरफाईनल प्रवेश गरेको छ । निरज र लोकको जोडीले निलम लामा र श्याम जिसीको जोडीलाई ६–७, ६–३, ११–९ ले पराजित गरे ।
जाडेन र आजमीलाई किड ट्राईथालन उपाधी
जाडेन श्रेष्ठ ब्वाईज् र आजमी सेरचन गल्र्स तर्फ लिटल डल्फिन्स् प्रा.लि. किड्स ट्राईथलनको उपाधी हात पार्न सफल भएका छन् ।
स्कुल स्तरदेखिनै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईयाथलन खेलको बिकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईयाथलन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधी उचालेका हुन् । यस्तै आजमीले उक्त दूरी २३ मिनट १८.१० सेकेन्डमा पुरा गर्दै उपाधी हात पारेकी हुन् । बिजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईज तर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । सिंहले उक्त दूरी २१ मिनट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनट, १७.२० सेकेन्डमा पुरा गरे । यस्तै गल्र्स तर्फ परिधी भण्डारीले २५ मिनट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे ।
दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे ।
प्रतियोगितामा ब्वाईज तर्फ जोर्डन श्रेष्ठ र गल्र्स तर्फ ज्योत्सना भट्ट युवा खेलाडी घोषित भए । उनीहरुले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी काठमाण्डौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोल, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा २२ ब्वाईज र ७ गल्र्सको सहभागिता रहेको थियो ।