सर्वोच्चमा दैनिक २ सय मुद्दा अलपत्र, प्रधान्यान्यायाधीशको राजीनामा माग्दै वकिलहरूले थाले धर्ना

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादका कारण दैनिक २ सय हाराहारी मुद्दाको सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार पनि २ सय ४८ वटा पेसी तोकेका छन् । तर, न्यायाधीशहरू इजलासमा नबस्दा न्यायसम्पादन अघि बढ्न सकेको छैन । बरु नेपाल बार एसोसिएसनको अगुवाइमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले सर्वोच्च परिसरमा धर्ना दिन थालेका छन् ।
प्रधानन्याधीश जबरासँग असन्तुष्ट न्यायाधीशले मुद्दा नहेरेको एक साता पुगेको छ । प्रधानन्यायाधीशले कात्तिक १२ गते १ सय ७२, ११ गते १ सय ६७, १० गते २ सय ७८, ९ र ८ गते २१६÷२१६ वटा पेसी तोकेका थिए । तर, सर्वोच्चका न्यायाधीशले इजलास बहिष्कार गर्दै आएका छन् ।

Published On: Time : 19:51:52

तपाईको प्रतिक्रिया