ताप्लेजुङका सात स्थानीय तहमा एमाले अधिवेशन सम्पन्न

ताप्लेजुङ, ११ कात्तिक
नेकपाएमाले ताप्लेजुङको नौ मध्ये सात स्थानीय तहमा नेतृत्व चयन गरेको छ । मैवाखोला गाउँपालिकामा निर्वाचन भएको छ ।

अधिवेशन सुरु भएको दुई दिनपछि फुङ्लिङ नगरपालिकामा भरतकुमार गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ । उपाध्यक्षमा ज्ञानु लावती, सचिवमा राजेश प्याकुरेल, उपसचिवमा मीना आचार्य बराल र डिल्लीप्रसाद घिमिरे चयन भएका छन् ।

मैवाखोला गाउँपालिका अध्यक्षमा लालकाजी वनेम निर्वाचित भएका छन् । त्यहाँ दिवस चोङ्वाङ र गणेश प्रसाईँसमेत अध्यक्षका प्रतिस्पर्धी थिए । उपाध्यक्षमा आसा थोप्रा, सचिवमा रुपेन्द्र वनेम, उपसचिवमा चिरिञ्जीवी चोङ्वाङ र रुपनारायण घिमिरे निर्वाचित भएका छन् ।

मिक्वाखोला गाउँपालिकामा दिवस लिवाङ अध्यक्षमा सर्वसम्ममत चयन भएका छन् । उपाध्यक्षमा प्रताप साँवा, सचिवमा लक्ष्मी थलङ र उपसचिवमा तोम अधिकारी चयन भएका छन् ।

पाथीभरा याङ्वरक गाउँपालिकामा बिक्रम मेन्याङ्वो अध्यक्ष रहेको कमिटी बनेको छ । उपाध्यक्षमा भीम साम्सोहाङ, सचिवमा लोकनाथ खतिवडा र उपससचिवमा पूर्ण तिवारी चयन भएका छन् ।

सिरिजंगा गाउँपालिकामा सन्तोष चाम्लिङ अध्यक्ष रहेको कमिटी बनेको छ । कमिटी उपाध्यक्षमा इन्द्र घतानी, सचिवमा पूर्ण डाँगी, उपसचिवमा नवीन थेबे र दीपेन्द्र लिम्बू चयन भएका छन् ।

मेरीङदेन र सीदिङबा गाउँपालिकाको अधिवेशन बाँकि छ ।

 

Published On: Time : 18:30:59

तपाईको प्रतिक्रिया