वाइसीएल नेपाल रोल्पाबाट देशव्यापी सम्मेलन अभीयान शुरुवात

मिति २०७८ कर्तिक ७ । रोल्पा जिल्लाको परिबर्तन गाउँपालिका, योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) को दोश्रो सम्मेलन भब्य र शानदार पुर्बक सम्पन्न भएको छ । उक्त सम्मेलनमा प्रमुख अतिथी दिपेन्द्र पुन सिजल, नेकपामाओवादी केन्द्र, केन्द्रिय समिति सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज, लुम्बिनि प्रदेश सभा सदस्य र बिशिष्ट अतिथी सुमन देबकोटा अब्दुल वाईसिएल नेपाल केन्द्रिय संयोजक रहनुभएको थीयो।

त्यसैगरी अतिथीहरु स्निमकान्त डाँगि ईन्चार्ज र परिबर्तन गाउँपालिका अध्यक्ष तथा पार्टी प्रदेश कमिटी सदस्य, साथै जितेन्द्र पुन फेमस वाईसिएल केन्द्रिय सदस्य तथा लुम्बिनि प्रदेश संयोजक, केयर शिङ कुँवर वाईसिएल केन्द्रिय सदस्य, माधब बस्नेत वाईसिएल केन्द्रिय सदस्य, रितमान पुन मगर वाईसिएल केन्द्रिय सदस्य, दिपक रोका मगर वाईसिएल केन्द्रिय सदस्य लगायतको आतिथ्यतामा सम्पन्न भएको सम्मेलनले बिधानमा ब्यबस्था भए बमोजिम को ३५ सदस्यीय गायँपालिका कमिटि गठन गरेको हो । वाईसिएल नेपालले गत २०७८ भाद्र देखी १५ मा सम्पन्न गरेको केन्द्रिय भेला पश्चात नवनिर्वाचित सयोजक सुमन देबकोटा अब्दुल पहिलो चोटि को साङगाठनिक कार्यक्रम आधार क्षेत्र रोल्पा बाट सुरु गरेका हुन् । सम्मेलनको उद्घाटन शत्रमा शुभकामना मन्तब्य राख्नु हुदै सुमन देबकोटाले भनेका छ्न् आफुहरु प्रतिगमन को घन्टि बजाउन खोज्ने प्रतिगामिहरु प्रति हातमा दहिजमाएर नबस्ने उद्घोष गरेका छन् भने, लुम्बिनि प्रदेश संयोजक जितेन्द्र पुनले पार्टी अध्यक्ष प्रचण्डले निर्देशन गरेझै ईटाको जवाफ पत्थरले दिनु पर्ने र ०६४ साल दोहर्याउन आईपरे जस्तोसुकै कदम उठाउनु पर्ने निर्देशन दिएका थिए ।

त्यस्तै प्रमुख अतिथी सिजलले आफ्नो मन्तब्यमा भनेका थिए प्रतिक्रियावादीहरु प्रचण्ड निरन्तर क्रान्तिकारी भएकै कारण प्रचण्ड नसुध्रेको आरोप लगाई रहेका छ्न् । सम्मेलनले अध्यक्षमा पुर्ण बहादुर बुढा, उपाध्यक्षमा गणेश बेव बाँठा, श्रीमन घर्ती मगर,सचिवमा राकेश कुमाकि,सहसचिवमा रबिन बुढा मगर , मिना रोका, बिवस दर्लामि, प्रेम प्रकाश पुन, कोषाध्यक्षमा यलिना पुन, सदस्यमा गगन बुढा,अर्जुन बुढा,पदम बुढा, दिपेन्द्र बुढा,नगेन्द्र बुढा मगर,लोकेन्द्र रोका,अम्लाल वलि, मुस्कान राना, मन बहादुर बि.क., प्रतीक्षा निरासि बुढा मगर, भिमसेन परियार, जितेन्द्र बुढा,अनिल पुन,धनप्रसाद के.सि., प्रसान्ति रोका, सुरेन्द्र बुढा मगर, रमेश पुन, प्रकाश् वलि, मिलन बुढा, गोबिन्द वलि, कृष्ण प्रसाद बाँठा, मनकुमारि बाँठा, हिरा वलि, घमण्ड घर्ती मगर, रमेश वलि, किस्मत घर्ति मगर चयन गरेको छ । स्मरण रहोस् परिबर्तन गाउँपालिका रोल्पामा नेकपामाओवादी केन्द्रको तर्फबाट क्लिन स्विप गरेको स्थानीय तह हो ।

Published On: Time : 0:06:17

तपाईको प्रतिक्रिया