काठमाडौं २ कात्तिक । पहिरोका कारण चार राजमार्ग अवरुद्ध भएका छन् ।
गृहमन्त्रालयको अनुसार गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ । यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण सोमबारदेखि उक्त राजमार्ग अवरुद्ध भएको हो । यस्तै भिमदत्त राजमार्ग सोमबारदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै अछाम बाजुरा सडक खण्ड सोमबारदेखि अवरुद्ध भएको छ ।
