अमेरिकामा पहिलो पटक राष्ट्रपतीले कार्यभार लिने सभामा २ हजार उपस्थिति का लागि २५ हजार सुरक्षाकर्मी

किन आन्तरिक सुरक्षामा ज्यादा समस्या ?
Photo: BBC

नगेन चाम्लिङ
बाल्टिमोर । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपती जो वाईडेनको कार्यभार सम्हाल्ने पहिलो दिन जनवरी २० को समारोहमा २ हजार मात्र सहभागि हुँदैछन भने समारोहलाई सुरक्षा दिन २५ हजार सुरक्षकर्मी खटिदैछन् ।

कोभिड माहामारीको भयले सर्वसाधारणको उपस्थितिलाई रोकिएका कारण दुई हजार मात्रको उपस्थिती हुन लागेको हो भने यती धेरै सुरक्षकर्मी खटिनुका कारण भने गोरा सर्वसत्तावादीको भयले हो । डेमोक्रेटका तर्फबाट निर्वाचित वाईडेन पनि गोरा नै भएपनि उनी सबै जातीलाई समेटेर राज्य संचाल गर्नेवाला छन् । भने आज कार्यकाल समाप्त हुँदै गरेका रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले भने गोरा भन्दा अन्य जातीहरुलाई कम प्राथमिकता दिने गरेको आरोप छ ।

डिसीमा सुरक्षकर्मीहरु
Photo: Daily Sabah

एक हप्ता अघि मात्र संघीय संसद भवनमा रिपब्लिकनका गोरा सर्वसत्तावादी समर्थकहरुले दंगा भड्काउँदा दुई प्रदर्शनकारी र दुई सुरक्षकर्मी गरी चार जनाको ज्यान गएको थियो । यसै बदलिँदो परिस्थितिलाई मध्यनजर गरी आजको सुरक्षा ब्यवस्था कडा बनाईएको हो ।

सुरक्षा ब्यवस्थालाई मजबुत राख्नका लागि राजधानी वासिङटन डिसीमा रहेको राष्ट्रपति भवन वरपरका सडकहरु बन्द गराएका छन् भने अन्य सडकहरुमा पनि निगरानी बढाएका छन्, डिजिटल सेवामा पनि निगरानी गरेको जनाएको छ । डिसिका जनप्रतिनिधिहरुले एक खुल्ला कार्यक्रम गरेर भनेका छन्, कसैको डिसिमा आज आउने काम छ भने रद्द गरी अन्य दिन आउन आग्रह गरेका छन् ।

दुई सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन

गोरा अतिवादीलाई सघाउने खालको म्यासेज लेख्ने दुई सुरक्षाकर्मीको टेक्स्ट म्यासेज गुप्तचरले फेला पारेपछि उनिहरुलाई निलम्बन गरी छानबिन थालिएको छ ।

Armed pro-trump militia members demonstrate in Louisville Kentucky on the day of the famous Kentucky Derby, which is held in the city.
Photo: Time Magazine

किन आन्तरिक सुरक्षामा ज्यादा समस्या ?

अमेरिकामा जनसंख्या करिब ३३ करोड छ जसमा ७३ प्रतिशत गोराहरु छन् । तथ्यांक अनुसार कुल जनसंख्याको ४० प्रतिशतले हतियार कानुनी रुपमानै राख्ने गरेका छन् । जस अनुसार १३ करोड २० लाख संयुक्त राज्य अमेरिकाका नागरिकहरु संग हतियार रहेको र उनिहरु हतिया बोकेर प्रदर्शनमा आउने गरेका कारण सुरक्षामा ज्यादा चुनौति भएको हो ।

ट्रम्प अनुपस्थित हुने, तर ….

जो वाईडेनलाई राष्ट्रपतिको कार्यभार सुम्पने कार्यक्रममा राष्ट्रपती डोनाल्ड ट्रम्प भने अनुपस्थित रहने भएको छ । ट्रम्पको कार्यकाल एक हप्ता मात्र बाँकी रहँदा दंगा भड्काउन उकास्ने बक्तब्य दिएको र सोही बक्तब्यका कारण समसदमा दंगा चलेको आरोपमा ट्रम्प विरुद्ध समसदमा अविस्वासको प्रस्ताब सामना गर्नुपरेको कारण पनि उनी अनुपस्थित रहने भएका हुन् । उता रिपब्लिकन बाट राष्ट्रपती भैसकेका जर्ज डब्लु बुस भने आजको बाईडनको समारोहमा सामेल हुने छन् । यसै विच, हाम्रो लडाँई अब मात्र सुरु भएको छ, भन्ने ट्रम्पको नयाँ बक्तब्य सार्वजानिक भएको छ । यस अघि उनले हिंसा नगर्न समर्थकहरुलाई भनेका थिए ।

प्रत्यक्ष प्रशारण कार्यक्रम

समारोहको प्रत्यक्ष प्रशारण अमेरिकाको ईष्ट कोष्ट समय अनुसार बिहान १० बजे देखि राती १० बजे सम्म चल्ने र नयाँ राष्ट्रपतिको आसन सम्हाल्ने समय भने दिउँसो ३ः१५ वजे बाट हुने छ । प्रत्यक्ष प्रशारण गुगल बाट विभिन्न मिडयाहरु सर्च गरेर वा युट्युव, फेसबुक ईत्यादि बाट सर्च गरेर सहजै हेर्न सकिने छ ।

Published On: Time : 15:48:26

तपाईको प्रतिक्रिया